• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    इजरायलले निर्दोष नागरिकलाई आक्रमणको निशाना बनाएको वेष्ट बैंककाे आराेप

    2.2K
    SHARES



    काठमाडौँ। इजरायलको नियन्त्रणमा रहेको वेष्ट बैंकका अधिकारीहरुले इजरायलले निर्दोष प्यालेस्टाइनी नागरिकहरुलाई लक्षित गरी आक्रमण गरिरहेको आरोप लगाएका छन् ।

    सशस्त्र समूहहरूसँग कुनै सम्बन्ध नभएका प्यालेस्टाइनी नागरिकहरूको समूहलाई लक्षित गरेर आक्रमण गर्नु इजरायलको गल्ती भएको उनीहरुले बताएका छन् ।

    उनीहरुका कारण इजरायली सेनालाई कुनै खतरा नभएको भन्दै वेष्ट बैंकले इजरायलको आक्रमणको विरोध गरेको बीबीसीले जनाएको छ ।

    यसअघि जनवरी ७ तारिखमा इजरायलको एउटा गाउँमा एकै घरमा चारजना दाजुभाईसहित सात जनाको आक्रमणका क्रममा ज्यान गएको थियो।

    इजरायलले उनीहरु विद्रोही समूह रहेको दाबी गर्दै आएको छ । तर वेष्ट बैंकले मारिनेमा कृषि क्षेत्रमा काम गर्ने श्रमिक रहेको भन्दै इजरायलविरुद्ध विभिन्न प्रमाणहरु देखाइरहेको खबरमा भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ