• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ग्लोबल आईएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

    843
    SHARES



    काठमाण्डौ। ग्लोबल आईएमई बैंकका ग्राहकले बिगमार्टमा क्रेडिट कार्डमार्फत् भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकको क्रेडिट कार्ड वाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा यो योजना ल्याएको हो ।

    यस योजनामा ग्राहकहरुले बिगमार्ट स्टोरमा ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३ सय रूपैयाँसम्म छुट पाउनेछन् । यो छुट योजना यही माघ महिनाभरी मात्र लागू हुनेछ ।

    जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरु पनि पाउन सकिन्छ । यो अफर हाल बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरहरुमा उपलब्ध रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ