• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    डेनमार्कको राजा बने फ्रेडरिक

    2.6K
    SHARES



    काठमाडौं । डेनमार्कका युवराज फ्रेडरिक नयाँ राजा बनेका छन् ।

    अघिल्लो दिन, डेनिस रानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो ।

    फ्रेडरिकलाई आइतबार प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरिन् । ५२ वर्षसम्म शासन सम्हालेपछि ८३ वर्षीया महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको सम्बोधनको क्रममा पद त्यागेर युवराज फ्रेडरिकलाई शासन सुम्पिने घोषणा गरेकी थिइन् ।

    डेनमार्कको ८ सय वर्ष पुरानो राजतन्त्रको इतिहासमा स्वेच्छाले राजगद्दी त्यागेर उत्तराधिकारीलाई शासन सुम्पिएको यो पहिलो पटक हो ।

    डेनिस सम्राट फ्रेडरिकलाई हेर्न राजदरबार अगाडि हजारौं संख्यामा मानिसहरु भेला भएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ