• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ ‘क्यासब्याक’

    1.4K
    SHARES



    काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा दुई सय ५० रुपैयाँसम्म ‘क्यासब्याक’ पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।

    पैसा आउने, थपेर पाउने नारासहित सार्वजनिक गरेको ‘क्यासब्याक’ योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आईएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा दुई सय ५० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ ।

    बैंकले रेमिट्यान्स कारोबार प्रवर्द्धन गर्ने उद्देश्यका साथ ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउने व्यक्तिले ‘क्यासब्याक’ योजनाअन्तर्गत २५ हजार रुपैयाँसम्म पठाउँदा एक सय रुपैयाँ, त्यसैगरी ५० हजार रुपैयाँसम्म पठाउँदा दुई सय रुपैयाँ र ५० हजार रुपैयाँभन्दा बढि पठाउँदा दुई सय ५० रुपैयाँ ‘क्यासब्याक’ प्राप्त गर्नेछन् । यो योजना जनवरी ३१, २०२४ सम्म लागू रहनेछ ।

    ग्लोबल आईएमई बैैकमा नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पुनः सक्रिय बनाएर खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा दुई सय ५० रुपैयाँसम्म थप गर्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ