• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    नसाको तालमा सिंहको गुफामा छिरेपछि…

    7.5K
    SHARES



    हैदराबाद । भारतको हैदरावादमा एक जना पुरुष सिंहको अगाडि गएर गीत नै गाए । यो घटना हैदराबादको चिडियाखाना नेहरु जू पार्कको हो ।

    डेली स्टारमा छापिएको खबरका अनुसार ती पुरुष नशामा यति धुत थिए कि सिंहको खोरमै हाम फाले । यति मात्रै होइन सिंहसँग हात मिलाउन हात पसार्दै गरेको पनि भिडियोमा देख्न पाइन्छ ।

    सिंहको खोरमा पस्ने युवक ३५ वर्षका मुकेश कुमार थिए । युवक सामान्य मान्छेहरू झैं चिडियाखाना घुम्न गएका थिए । तर एक्कासि के सनक चढ्यो कुन्नि, उनी सिंहको खोरमा हाम फाले । अनि पानीमा पसेर सिंहतिर इशारा गर्दै ‘मेरे पास आओ ना’ भन्दै रोमान्टिक गीत गाउन थाले ।

    यो घटनाको बेलामा खोरभित्र सिंह र सिंहिनी दुवै थिए । तर सिंह सिंहिनी दुवैले मुकेश कुमारलाई वास्ता गरेनन् । यो घटना अहिलेको भने होइन । खबरका अनुसार घटना २०१६ को हो । यो घटना सञ्चार माध्यममा निकै छाएको थियो ।

    सन् १९९६ मा सिकागोको एउटा चिडियाखानामा पनि यस्तै घटना भएको थियो । चिडियाखाना घुम्न गएकी एक महिलाको हातबाट ४ वर्षीय बच्चा खसेर २० फिट तल गोरिल्लाको खोरमा झर्‍यो । ती बालकलाई मदर गोरिल्लाले बचाएको थिई ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ