• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    किरा फट्याङ्ग्राका नाममा ‘स्मृति समारोह’

    1.8K
    SHARES



    काठमाडौँ। हरेक वर्ष जापानको रासायनिक मलखाद बनाउने एउटा कम्पनीले अनुसन्धान प्रयोजनमा प्रयोग हुँदा मारिएका किराहरुको नाममा आको सहरको म्योदोजी मन्दिरमा स्मृति समारोहको आयोजना गर्ने गरेको छ ।

    अर्थ कर्पोरेशनले दशकौंदेखि जापानमा रासायनियक मलखाद उत्पादन गर्दै आएको छ । कम्पनीले आफूलाई घरायशी प्रयोजनमा जापानको शीर्ष मलखाद निर्माता भएको दाबी गर्दै आएको छ ।

    आफ्ना प्रडक्टको प्रभावकारिता र कार्यकुशलताको परीक्षण गर्न कम्पनीले आको सहरमा रहेको प्रोप्राइटरी अनुसन्धान केन्द्रमा विभिन्न जातिका किरा फट्याङ्ग्राहरुमा कम्पनीका मलखाद प्रयोग गर्ने गरेको छ । परीक्षणका लागि चाहिने किरा फट्यांग्रा पनि कम्पनीले आफैँ उत्पादन गर्दै आएको छ । किरा फट्यांग्राको योगदानलाई स्मरण गर्न कम्पनीले हरेक वर्ष म्योदोजी मन्दिरमा स्मृति तथा सम्मान समारोहको आयोजना गर्ने गरेको छ ।

    गएको महिना पनि अर्थ कर्पोरेशनका ६० भन्दा धेरै कर्मचारीहरु सो समारोहमा सहभागी भएका थिए । समारोहमा मन्दिरका पुजारीले मरेका किरा फट्यांग्राहरुको दर्जनौँ फोटो अगाडि बसेर उनीहरुको आत्माको चीर शान्तिका लागि प्रार्थना गरेका थिए ।

    मन्दिरको वेदीमा लामखुट्टे, किर्ना, झिँगा, साङ्गलोसमेत कयौं किराफट्यांग्राको फोटो थियो । पुजारीले प्रार्थना गर्दै गर्दा त्यहाँ उपस्थित मान्छेहरु भने हात जोडेर निहुरेर मौन बसेका देखिन्थे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया