काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्नो १७औं वार्षिकोत्सवका अवसरमा मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिरहाको सुखीपुर नगरपालिका-८ स्थित सुखीपुर स्वास्थ्य चौकी र म्याग्दीको अन्नपूर्ण गाँउपालिका-६ पोखरे आधारभूत विद्यालयमा शिविर सञ्चालन गरेको हो ।
सुखीपुर स्वास्थ्य चौकीको शिविरमा १७० र पोखरे आधारभूत विद्यालयमा गरिएको शिविरमा १८० भन्दा बढी महिलाले स्वास्थ्य जाँच गराएको बैंकले आइतबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान भएका महिलालाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बैंकले जनाएको छ ।
बैंक पुस १७ गते १७ वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको हो ।
प्रतिक्रिया