• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

उड्दै गरेको विमानको एक भाग भाँचिएपछि…

4.6K
SHARES



काठमाडौँ । अमेरिकाको पोर्टल्याण्ड (ओरेगन)बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको विमानमा एउटा अनौठो घटना भयो ।

हावाको दबाबमा विमानको एक भाग भाँचियो र विमानबाट अलग भयो । यसका बाबजुद यो विमान सकुशल अवतरण भएको थियो ।

स्थानीय समय अनुसार शनिबार बिहान यो घटना भएको हो । अलास्का एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य सवार उक्त विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको बताइएको छ ।

‘पोर्टल्याण्ड, ओरेगनबाट क्यालिफोर्नियाको ओन्टारियोका लागि अलास्का एयरलाइन्सको फ्लाइट १२८२ मा आज साँझ टेकअफ भएको केही समयपछि एउटा घटना भयो । विमानमा १७१ पाहुना र छ जना चालक दलका सदस्यहरू सवार थिए,’ अलास्का एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा पाहुना र कर्मचारीहरूको सुरक्षा सधैँ हाम्रो प्राथमिकता हो। तथापि, यस प्रकारको घटना दुर्लभ छ। हाम्रो टोलीलाई त्यस्ता परिस्थितिहरू ह्यान्डल गर्न तालिम दिइएको छ । हामी के भयो भनेर अनुसन्धान गरिरहेका छौँ र थप जानकारी छ। हामी भेट्दा साझा गर्नेछौँ,’ ।

यो विमान निर्माण गर्ने बोइङ एयरलाइन्सले पनि एक विज्ञप्ति जारी गरी आफूहरू यस दुर्घटनाको बारेमा सचेत रहेको र आफ्ना ग्राहकबाट थप जानकारी लिइरहेको जनाएको छ । मानिसहरूले उक्त्त विमानको तस्बिर र भिडियो सामाजिक सञ्जालमा पनि राखेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ