• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बरहथवामा मृत्यु भएका प्रदर्शनकारीको सनाखत

    2.2K
    SHARES



    काठमाडौँ । सर्लाहीको बरहथवामा मृत्यु भएका प्रदर्शनकारीका सनाखत भएको छ ।

    मृत्यु हुनेमा बरहथवा नगरपालिका-६ घर भएका जयशंकर शाह छन् ।

    शाहको गोली लागेर मृत्यु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बताएका छन् ।

    नगर अस्पताललाई स्तरोन्नति गरेर प्रादेशिक अस्पताल बनाएर हस्तान्तरण गर्ने विषयमा झडप हुँदा शाहले ज्यान गुमाएका हुन् । प्रदर्शनकारीले मेयर कल्पना कुमारीको घर सँगैको जस्ताको टहरो र गाडी जलाएका छन् ।

    आन्दोलनकारीले प्रहरीको गाडी पनि तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको सर्लाहीका एसपी प्रवीण धितालले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ