काठमाण्डाै। आज पनि लगातार पाँचौँ दिन शेयर बजार घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ८.७५ अङ्कले घटेर २ हजार ६०.१५ विन्दुमा झरेको छ ।
आज बैंकिङ, विकास बैंक, उत्पादन र व्यापार समूहको शेयर सामान्य बढेकोमा अरू समूहको शेयर सामान्य घटेको छ ।
सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको शेयर ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सीईडीबी हाइड्रोपावर विकास कम्पनी, चिरख्वा हाइड्रो, नेपाल वेयरिङ हाउस, हाथवे इन्भेस्टमेन्ट कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज १ करोड १८ लाख कित्ता शेयर ४ अर्ब ४८ करोड ३९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट र सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २० करोड रुपैयाँभन्दा धेरैको शेयर खरिद/बिक्री भएको छ ।
प्रतिक्रिया