• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    स्वास्थ्य

    स्वास्थ्य बीमा बोर्डका कर्मचारीले कार्यालयमा सामाजिक सञ्जाल चलाउन नपाउने

    1.4K
    SHARES



    काठमाडौं । स्वास्थ्य बीमा बोर्डको शुक्रबार बसेको बैठकले पदाधिकारी र कर्मचारीका लागि १० बुँदे आचार संहिता लागू गरेको छ । आचारसंहितामा कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने भनिएको छ ।

    त्यस्तै दाबी व्यवस्थापन शाखा र सुचना प्रविधि शाखाका कर्मचारीले कार्यालय भित्र रहँदा व्यक्तिगत मोबाइल फोन प्रयोग पनि गर्न पाउने छैनन् ।

    स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य बीमा कार्यक्रमको बारेमा सार्वजानिक धारणा राख्नु भन्दा पहिला यो विषय सँग सम्बन्धित पदाधिरीलाई जानकारी गराउनुपर्ने आचार संहितामा भनिएको छ ।

    यस्तै विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा बोर्डका गोप्य सूचना वा सेवाका मूल्य मान्यता आचरण र सामाजिक मर्यादा विपरीतका काम गर्न नहुने बोर्डले जनाएको छ भने सामाजिक सञ्जालमा सरकारको आलोचना गर्न, राजनीतिक टिप्पणी गर्न, अपराधमा दुरत्साहन गर्न र राष्ट्रहित विपरीतको कुनै टिप्पणी वा लाइक गर्न नपाइने छैन ।

    औपचारिक बैठकहरु निर्धारित समयमै सुरु गर्ने र अन्त्य गर्ने, औपचारिक कार्यक्रममा उदघाटन र समापनको समयसीमा आधा घण्टाको हुने, बैठकको समय एक घण्टा कायम गर्ने, जुनसुकै फाइलको पनि ३ दिनमा निर्णय दिने, निर्णय दिन नसक्ने भए कारण सहित बीमा बोर्ड अध्यक्ष र सदस्यहरुलाई सूचना दिने, आचारसंहिता पालना भए नभएको अनुगमनको व्यवस्था बीमा बोर्डले गर्ने विषय आचार संहितमा उल्लेख गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ