• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सरकारले ताेक्याे गहुँकाे समर्थन मूल्य

    1.2K
    SHARES



    काठमाण्डाै। सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य ताेकेकाे छ ।

    आज बिहीवार सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ ताेकेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी गराएकी छन् ।

    यसैगरी बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई तोकेको छ ।

    यस्तै, सत्ता साझेदार नेपाली कांग्रेसले प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे आफू बाधक नबन्ने बताएकाे छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहीवार बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता मीनबहादुर विश्वकर्माले गठबन्धन दलका शीर्ष नेताहरूसँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर गर्नसक्ने बताएका हुन् । उनले मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको भएकाले जुनसुकै बेला हेरफेर गर्न सक्ने बताएका हुन् ।

    उनले भेन, ‘मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको हो । संसदीय व्यवस्था भनेको प्रधानमन्त्रीय व्यवस्था हो । प्रधानमन्त्रीले आफूलाई असहज भएमा गठबन्धन दलका शीर्ष नेताहरूसँगकाे परामर्शबाट जुनसुकै बेलामा मन्त्री हेरफेर गर्नसक्ने प्रावधानमा कांग्रेस अवरोध बन्दैन ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ