• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    इर्खुवा खोलामा बन्दै गरेको पक्की पुल भत्कियो

    2.4K
    SHARES



    काठमाडौँ। भोजपुरमा निमार्णधीन पक्की पुलको संरचना भत्किएको छ ।

    षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवा खोलामा बन्दै गरेको पक्की पुल बिहीबार बिहान भत्किएको हो ।

    ‘बन्दाबन्दैको पक्की पुल भत्किएको हो । पुल भत्किएर मानवीय क्षतिचाहिँ भएको छैन,’ षडानन्द नगरपालिकाका प्रमुख सुरेशकुमार उदासले  भने ।

    उनले पुल ढलान गर्नका लागि तयार पारिएको संरचना भत्किएको बताए । ‘खोला फर्काएर टेको लगाएर फर्मा ठोकिएको थियो। त्यसमाथि फलामका छडहरू बाँध्ने काम भइरहेको थियो । आज बिहान अचानक भत्कियो। के कारणले भत्किएको हो भनेर जाँचबुझको काम भइरहेको छ,’ उनले भने ।

    प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९मा उक्त पुल ठेक्का लगाएर बनाउन थालिएको पनि उनले बताए । उक्त पुल दिव्यज्योति धनञ्जय जेभीले बनाइरहेको हो । पुलको लागत ६ करोड ३० लाख रूपैयाँ रहेको पनि उनले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ