• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    अनेरास्ववियू (क्रान्तिकारी)द्वारा त्रिभुवन विश्वविद्यालय परिसरमा सरसफाई

    1.6K
    SHARES



    काठमाडौं। अनेरास्ववियू (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालय परिसरमा सरसफाई गरेको छ ।

    क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय समितिले आज (बुधबार) त्रिभुवन विश्वविद्यालय परिसरमा सरसफाइ गरेको हो ।

    सफाइ अभियानका क्रममा संगठनले त्रिविको केन्द्रीय पुस्तकालय, मानविकी केन्द्रीय विभाग, नेपाली, संस्कृत, समाजशास्त्र केन्द्रीय विभाग परिसरको फोहोर संकलन गरेको छ ।

    करिब ३० जना सहभागी रहेको सरसफाइ कार्यक्रमबाट १५ बोरा प्लास्टिकजन्य फोहोर संकलन गरेको संगठनका सचिवालय सदस्य तथा त्रिवि प्रदेश समिति संयोजक गोविन्द विष्टले जनकारी दिएका छन् ।

    त्रिविमा विभिन्न किसिमका फोहोरहरुको निर्मूलीकरण गर्ने अभियानस्वरुप सांकेतिक रुपमा सरसफाइ कार्यक्रम संचालन गरेको संयोजक विष्टले बताएका छन् ।

    त्रिविका प्रशासनिक वेतिथि र विकृतिको अन्त्य गर्ने, राजनीतिक भागबण्डा तथा नियुक्तीको अन्त्य गर्ने र विद्यार्थी राजनीतिका नाममा भइरहेका ठेक्कापट्टा लगायतका विकृति र प्रशासनिक ढिलासुस्तीको अन्त्यका लागि समेत सांकेतिक रुपमा सरसफाइ अभियान सुरु गरेको सो संगठनले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ