• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रवास

    महिलाको चरित्र हत्या गर्ने व्यक्तिको जनप्रगतिशील मोर्चा कुवेतद्वारा भण्डाफोर

    7.7K
    SHARES



    काठमाडौँ। सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको भन्दै नेपाली जनप्रगतिशील मोर्चा कुवेतले एक बिज्ञप्ति जारी गर्दै चरित्र हत्या गर्ने व्यक्तिको भण्डाफोर गरेको छ भने त्यस्तो कार्यप्रति आपत्ति समेत जनाएको छ ।

    दाङको राजपुर गाउँपालिकाका लाले भनेर चिनिने लक्ष्यमण कामीले साउदी अरबबाट आफ्नै गाउकी (सिमा सुनार) नाम परिवर्तितको चरित्र हत्या र मानमर्दन गर्ने कार्य गरेको भन्दै नेपाली जनप्रगतिशील मोर्चा कुवेतले एक विज्ञप्ति जारी गर्दै भण्डाफोर गरेको हो ।

    सिमाले आफु उक्त व्यक्तिबाट पीडीत भएको भन्दै नेपाली जनप्रगतिशील मोर्चा कुवेत समक्ष उजुरी दिएकी थिइन् । उनको निवेदनको आधारमा लक्ष्यमण कामीसँग जवाफ माग्दै मोर्चाले गत मंसिर २३ (सन् २०२३ डिसेम्बर ९) गते ३ बुदे स्पष्टीकरण पत्र काटेको थियो। जवाफमा लक्ष्यमणले २०८०मंसिर २८ (१४ डिसेम्बर २०२३) गते मोर्चालाई पत्र पठाएर आफुले गल्ती गरेको स्वीकार गरेका थिए ।

    लक्ष्यमणले आफ्नो कमजोरी स्वीकार गरेपनि गल्ती गर्नुको मुख्य कारण भने नखुलाएकाले मोर्चाले पुनः ७ दिनभित्र जवाफ दिनु भनेर १ बुदे पत्र काटेको र दिएको समय सिमा पुरा भइसक्दा पनि पत्रको जवाफ नदिएकोले मोर्चाले बिना कारण महिलाको चरीत्र हत्या गर्ने लक्ष्यमणको फोटो समेत सार्वजनिक गर्दै विज्ञप्ति मार्फत त्यसो नगर्न चेतावनी दिएको छ ।

    लक्ष्यमणलाई आउँदा दिनहरुमा अनावश्यक रुपमा कुनै पनी नारीको चरित्र हत्या गर्ने वा कसैको व्यक्तिगत जीवनमा आच आउने जस्ता अति निच र घृणित कार्य नगर्न नेपाली जनप्रगतिशील मोर्चा कुवेतले चेतावनी दिएको छ। यस्तै यस्तो कार्य पुनः भए गरेको पाइएमा मोर्चाले उनि बिरुद्ध कडा कदम चाल्न बाध्य हुने जनाएको छ।

    यस्तै, पीडीत महिलाले कानुनी उपचार खोज्न चाहेको खण्डमा लक्ष्यमणले मोर्चालाई लेखेर पठाएको पत्र सुरक्षित राखेको र सम्बन्धित निकायले खोजेको बेला प्रमाणका रुपमा उपलब्ध गराउन सकिने जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया