• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रमुख तीन दलको बैठक बालुवाटारमा सुरु

    1.3K
    SHARES



    काठमाडौँ । प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी, कांग्रेस र एमालेका नेताहरूबिच बैठक सुरु भएको हो ।

    बैठकमा टीआरसीको बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेर बहादुर देउवा लगायत नेताहरूको सहभागिता छ ।

    यसअघि आइतबार पनि प्रधानमन्त्रीले देउवा र ओलीलाई बालुवाटारमा बोलाएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने विषयमा छलफल गरेका छन् । छलफलमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी थिए ।

    बैठकमा नेता लेखकले तीन शीर्ष नेतालाई संसद्मा दर्ता भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको प्रगति, थप छलफल गर्नुपर्ने विषयहरू लगायतका बारेमा ब्रिफिङ गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ