• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

बेइजिङमा अहिलेसम्मकै चिसो, माइनस १० डिग्री सेल्सियसभन्दा कम मापन

3.3K
SHARES



काठमाडौँ। चीनको राजधानी बेइजिङमा अहिलेसम्मकै चिसो डिसेम्बर महिना रेकर्ड गरिएको छ । सन् १९५१ मा तथ्यांक राख्न सुरु गरे यताकै सबैभन्दा चिसो महसुस गरिएको हो ।

यो महिना सहरको तापक्रम नियमित रुपमा माइनस १० डिग्री सेल्सियसभन्दा कम मापन गरिएको छ । यो वर्ष बेइजिङमा चरम मौसम अनुभव गरिएको छ ।

छ महिनाअघि बेइजिङमा अहिलेसम्मै सबैभन्दा तातो जुन महिना अनुभव गरिएको थियो । त्यतिबेला तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको थियो ।

चीनमात्र नभएर जापानको उत्तरी भागमा अत्यधिक हिमपात भइरहेको छ भने दक्षिण कोरियामा पनि अत्यन्तै चिसो महसुस गरिएको छ ।

यस्तै, भारतको फौजदारी कानुन परिवर्तन गर्ने गरी संसदलो तीनवटा विधेयक पारित गरेको छ । भारतीय न्याय संहिता, भारतीय नागरिक रक्षा संहिता र भारतीय प्रमाण विधेयक संसदबाट पारित भएको छ ।

जसलाई अब अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ र राष्ट्रपतिको हस्ताक्षरपछि यी तीन विधेयक कानुन बन्नेछन् । धेरै विज्ञहरूले नयाँ कानूनको आवश्यकतामाथि प्रश्न उठाएका छन् ।

तर भारतका गृहमन्त्री अमित शाहको भनाइलाई मान्ने हो भने नयाँ बनेका कानुनले वेलायती शासनकालमा बनेका कानुनलाई प्रतिस्थापन गर्ने छन् । पुराना कानुनसरकार विरूद्धको अपराधमा केन्द्रित रहेको तर नयाँ कानुनले भारतीय नागरिकविरुद्ध हुने अपराधलाई जोड दिएको र नयाँ कानुन पीडित केन्द्रीत भएका उनको दाबी छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ