• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सुरु

    1.8K
    SHARES



    काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दामा सुनुवाइ सुरु भएको छ । आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनुवाइ सुरु भएको हो ।

    आज सुरुमा सरकारी वकिलका तर्फबाट बहस हुनेछ । सरकारी वकिल तर्फबाट जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल र सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गर्ने तयारी गरेका छन् ।

    त्यसैगरी प्रतिवादीका तर्फबाट लिड लयर रहेका अधिवक्ता सरोजकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमणकुमार श्रेष्ठ, कृष्ण सापकोटा र सबिता भण्डारी, अधिवक्ताहरु रोशनी पौडेल र मुरारी सापकोटाले बहस गर्ने तयारी रहेको छ ।

    सुरुमा वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलको बहस हुनेछ । त्यसपछि प्रतिवादीतर्फका वकिलहरुले आफ्नो बहस गर्नेछन् । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता र अधिवक्ता गरी ७ जनाले बहसको तयारी गरेकाले आइतबार नै बहस सकिने सम्भावना भने कम छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ