• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    ललितपुरलाई हराउँदै काठमाडौं प्ले अफमा

    1.8K
    SHARES



    काठमाडौं । डिफेण्डिङ च्याम्पियन काठमाडौं रेजर्सले लिग चरणको अन्तिम खेलमा ललितपुर सिटीलाई हराहुँदै नेपाल सुपर लिगको प्ले अफमा पुगेको छ ।

    शनिबार भएको खेलमा काठमाडौंले ललितपुरलाई १-० गोल अन्तरले हराएको हो । त्रिपुरश्वेरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंका लागि पहिलो हाफको इन्जुरी समयमा आन्द्रेस नियाले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

    जितसँगै १२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको काठमाडौंले प्ले अफमा स्थान बनाएको हो । हारका बाबजुद १० अंकका साथ चौथो स्थानमा रहेको ललितपुर पनि प्ले अफमा पुगेको छ ।

    समान अंक जोडेर पनि गोल अन्तरमा पछि परेको झापा भने प्ले अफमा पुग्न सकेन । लिग चरणको अन्तिम खेलमा काठमाडौंको जितले धनगढी एफसीलाई फाइदा भएको छ । ८ खेलबाट १३ अंक जोडेको धनगढीले भने दोस्रो स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएको हो।

    अब उसले फाइनल प्रवेशका लागि सोमबार पोखरा थन्डर्ससँग खेल्ने भएको छ । शीर्ष स्थानमा रहेको पोखराले ८ खेलबाट १५ अंक जोडेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ