• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष ओझालाई कार्यकक्षमै दलियो मोसो

    796
    SHARES



    काठमाडौं । भ्रष्टाचार र चरम लापरबाही गरेको भन्दै डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई कार्यकक्षमै मोसो दलिएको छ ।

    कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराले अस्पताल प्रशासनमा व्यापक अनियमितता गरेको, आर्थिक चलखेल र राजनीतिक हस्तक्षेप भएको भन्दै कालोमोसो दली जनकारवाही गरेको जनाएको छ।

    उनीहरूले सार्वजनिक गरेको विज्ञप्तिमा अध्यक्ष ओझाले अस्पतालको स्वास्थ्य सेवा सुधारभन्दा व्यक्तिगत लाभ र कमिसनमुखी गतिविधिलाई प्राथमिकता दिएको आरोप लगाइएको छ।

    अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण खरिद प्रक्रियामा जानाजानी ढिलाइ गर्ने, पुराना उपकरण बिग्रिएको देखाएर नयाँ उपकरण खरिदको नाममा कमिसन खाने, दक्ष जनशक्ति भर्ना नगरी राजनीतिक पहुँचका आधारमा कर्मचारी नियुक्त गर्ने जस्ता कार्य भएको दाबी संगठनले गरेको छ।

    संगठनले अस्पतालजस्तो संवेदनशील संस्थालाई मदिरा सेवन गर्ने थलो बनाइएको, आय–व्यय विवरण सार्वजनिक नगरेको, सार्वजनिक सुनुवाइ नगरी जनताको गुनासो बेवास्ता गरिएको र मर्मत तथा निर्माणसम्बन्धी काममा आफ्ना नजिकका व्यक्तिलाई ठेक्का दिइएको आरोपसमेत लगाएको छ।

    यस्तै, स्थायी दरबन्दी रिक्त हुँदाहुँदै करार तथा ज्यालादारी कर्मचारी नियुक्त गरी अस्पतालको सेवा प्रवाह कमजोर बनाइएको, रेफर अस्पताल हुँदाहुँदै पनि स्वास्थ्य सेवामा चरम लापरबाही देखिएको र औषधि तथा उपकरण खरिदमा गुणस्तरभन्दा कमिसनलाई प्राथमिकता दिइएको दाबी गरेको छ।

    कम्युनिस्ट युवा संगठन नेपालले अस्पतालमा देखिएको भ्रष्टाचार, कुशासन र नेतृत्वको असक्षमताविरुद्ध दबाब दिन बाध्य भएर यस्तो जनकारबाही गरिएको बताए। उनले सम्बन्धित निकायले तत्काल छानबिन गरी दोषीमाथि कारबाही नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ।

    घटनाबारे अस्पताल प्रशासन तथा अध्यक्ष ओझाको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ