• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    डा. रामजी रामले पनि लिए रास्वपाको समानुपातिकबाट नाम फिर्ता

    809
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सूचीमा परेका डा. रामजी रामले पनि फिर्ता लिएका छन् ।

    ‘दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै म समानुपातिक बन्द सूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु,’ उनले फेसबुकमा लेखेका छन् ।

    बाहिरैबाट सामाजिक न्यायको पक्षमा बोल्ने पनि उनले बताएका छन् । ‘म संसद्को कुर्सीमा बसेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने मान्यता राख्दिनँ। सामाजिक चेतनाका थुप्रै मोर्चाबाट पनि न्यायको लडाइँ लड्न सकिन्छ भन्ने विश्वास मेरो जीवनको अभ्यास हो,’ उनले लेखेका छन् ।

    समानुपातिक उम्मेदवारबारे सामाजिक सञ्जालमा चौतर्फी आलोचना बढ्न थालेपछि नाम फिर्ता लिनेको संख्या बढ्न थालेको छ ।

    ‘दलित समुदायबाट समानुपातिक प्रतिनिधित्वको बन्द सूचीमा मेरो नाम समावेश हुनु व्यक्तिगत रूपमा सम्मानको विषय थियो। यो केवल मेरो नाम मात्र होइन, पुस्तौँदेखि आवाजविहीन बनाइएका हजारौँ सपनाहरूको प्रतिनिधित्व थियो। त्यसैले यो अवसरप्रति म सधैँ आभारी रहनेछु।
    तर राजनीति केवल अवसर प्राप्त गर्ने खेल होइन, यो त्याग, नैतिक साहस र सही समयमा सही निर्णय गर्ने जिम्मेवारी पनि हो।

    आज म यो निष्कर्षमा पुगेको छु कि—
    मेरो भन्दा अझै बढी पीडित, अझै कम सुन्निएको, तर संसदभित्र पुग्न नितान्त आवश्यक आवाजहरू अझै कतै पछाडि छन्।
    यदि मेरो एक कदम पछाडि हटाइले उनीहरूका लागि एक ढोका खुल्छ भने, त्यो नै मेरो सबैभन्दा अर्थपूर्ण योगदान हुनेछ।

    म संसदको कुर्सीमा बसेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने मान्यता राख्दिनँ। सामाजिक चेतनाका थुप्रै मोर्चाबाट पनि न्यायको लडाइँ लड्न सकिन्छ भन्ने विश्वास मेरो जीवनको अभ्यास हो। त्यसैले,दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै म समानुपातिक बन्द सूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु।

    म फरक भूमिकामा रहेर पनि राजनिती चिन्तन, अल्प संख्यकको आवाज ,दलित अधिकार, सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र सुशासनका पक्षमा सधैँझैँ दृढ आवाज उठाइरहनेछु। यो यात्रा यहीं समाप्त भएको होइन ! यो त अझ जिम्मेवार रूपमा सुरु भएको मात्र हो।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ