• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    टी-२० विश्वकप २०२६ को ट्रफी टुर नेपालमा पनि

    532
    SHARES



    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई पनि समेटेको छ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी-२० विश्वकपको ट्रफी नेपालमा समेत ल्याइने भएको हो।

    आइसिसीकाअनुसार ट्रफी टुर एसियाली देशमा आयोजक भारत, श्रीलङ्का, नेपाल, कतार, ओमान, बहराइन र मङ्गोलियामा लगिनेछ। ट्रफीलाई आइसिसी पुरुष टी–२० विश्वकप २०२६ मा भाग लिने खेलाडीसँग सम्बन्धित स्कूल र कलेजहरूमा पनि लगिनेछ।

    नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ। विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ। कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेको छ।

    नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने छ। नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्नेछ। इटालीले पहिलो पटक विश्वकप खेल्न लागेको हो। युरोप क्षेत्रको छनोटबाट स्कटल्यान्डलाई पछि पार्दै नेदरल्यान्ड्स र इटालीले विश्वकपमा स्थान बनाएका थिए।

    नेपालले भने तेस्रो पटक विश्वकपको यात्रा तय गरेको हो। नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो। विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेको छ।

    यस्तै ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र युएई रहेको छ।

    समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन्। सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिनेछ। शीर्ष दुई टोली सेमिफाइनमा पुग्नेछन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ