• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    लुम्बिनी

    लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी

    2.3K
    SHARES



    काठमाडौँ। लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको छ । उक्त्त बिषयलाई लिएर सत्तारुढ नेपाली कांग्रेसभित्र भने विवाद बढेको छ ।

    शेखर कोइराला-गगन थापा पक्षले मन्त्रिपरिषद्मा आफ्नो पक्षलाई नसमेटे विद्रोह गर्ने चेतावनी मुख्यमन्त्रीलाई दिएका छन् ।

    मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले २ मन्त्री थप्न खोजेका छन् । उनले कांग्रेस र माओवादीबाट एकएक जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

    कांग्रेस स्रोतका अनुसार मुख्यमन्त्री चौधरीले प्युठानका रोज राणा भनेर चिनिने सरोज थापालाई मन्त्री बनाउन लागेका छन् । तर शेखर पक्षले भने नवलपरासी पश्चिमका प्रदेशसभा सदस्य विश्वप्रेम पाठकलाई मन्त्री बनाउन भनेको छ ।

    मुख्यमन्त्रीलाई फोन गरेर सन्तुलित मन्त्रिमण्डल बनाउन सुझाव दिएको कांग्रेस, लुम्बिनीका महामन्त्री विक्रम खनालले बताए । ‘आजै मन्त्रिमण्डल विस्तार गर्ने सुनेपछि मुख्यमन्त्रीलाई फोन गरेर सबैलाई समेटेर अघि बढ्नुस्, अन्यथा परिणाम राम्रो हुँदैन भनेको छु’ खनालले भने, ‘यसबारेमा महामन्त्री गगन थापा र शेखर दाइलाई पनि फोन गरेर जानकारी गराएको छु ।’

    कांग्रेस संसदीय बोर्डका अर्का नेता विष्णु पोखरेलले लुम्बिनी प्रदेशको पार्टी समितिमा संस्थापनइतरको शक्ति ९० प्रतिशत हाराहारी रहेको दावी गर्दै सरकारमा संस्थापन पक्षबाट एकजना पनि नसमेटिए कोशीमा जस्तै विद्रोह हुने चेतावनी दिएका छन् ।

    उनले भने, ‘मुख्यमन्त्रीले आफ्नो गुटका मान्छे मात्रै मन्त्री बनाउन मिल्दैन, पार्टीको निर्देशन पनि मान्नुपर्छ । एकलौटी गरिएमा पार्टीभित्रै द्वन्द्व हुन्छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ