• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    लुम्बिनी

    ल्हारक्यालको नियुक्ति रद्द हुनुपर्छ र मन्त्री किरातीले माफी माग्नुपर्छ: मन्त्री गुप्ता

    2.3K
    SHARES



    काठमाडौँ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश (सिके) गुप्ताले लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाको नियुक्त रद्द गर्नुपर्ने बताए ।

    लामा विवादित छविको भएकाले नियुक्ति रद्द हुनुपर्ने र लामालाई सिफारिस गर्ने संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले माफी पनि माग्नुपर्ने उनले बताएका छन् ।

    शनिबार लुम्बिनीमा पत्रकारहरुसंग कुराकानी गर्दै जनमत पार्टीका नेता तथा मन्त्री गुप्ताले लुम्बिनी जस्तो पवित्र थलोमा विवादास्पद पृष्ठभूमि र विगतमा गैरकानुनी गतिविधिमा अनुसन्धानमा परेका व्यक्तिलाई नियुक्ति गरिने सरकारको गल्ती भएको बताएका छन् ।

    लुम्बिनी क्षेत्रबाटै प्रदेश सभा सदस्यमा निर्वाचित मन्त्री गुप्ताले नवनियुक्त उपाध्यक्ष लामाको स्वार्थमा लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौँमा स्थापना गर्न खोजिनु गलत भएको भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् ।

    लुम्बिनी विकास कोषको शुक्रबार बसेको बैठकले कोषको सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गर्ने सम्बन्धमा आगामी कार्यकारिणी समिति वा परिषद् बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गरेको थियो ।

    उक्त निर्णय फिर्ता नभए स्थानीय बासिन्दा कोषको कार्यालय घेराउदेखि चरणबद्ध आन्दोलनमा उत्रिने पनि मन्त्री गुप्ताको चेतावनी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ