• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    लुम्बिनी

    समिति सभापतिमा कुरो मिलेसँगै लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार

    1K
    SHARES



    काठमाडौँ । समिति सभापतिमा कुरो मिलेसँगै लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार भाको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका हुन् । संसद्का विषयगत समिति सभापतिमा कुरो मिलेसँगै मन्त्रिमण्डल विस्तार गरिएको हो ।

    त्यसका लागि मुख्यमन्त्री महराले बिहीबार बिहान सत्ता साझेदार दलहरूसँग छलफल गरेका थिए । छलफलमा सरकार बिस्तारका लागि मन्त्रालय बाँडफाँडमा सहमति जुटे लगत्तै मुख्यमन्त्रीले मन्त्रिमण्डल बिस्तार गरेका हुन् ।

    मुख्यमन्त्री कार्यालयमा भएको दलका नेताहरूको छलफलमा मन्त्रालय बाँडफाँट टुङ्गाएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

    सहमति अनुसार एमालेले ५, माओवादीले मुख्यमन्त्री सहित थप २, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक÷एक मन्त्रालय भागबन्डामा परेको छ ।विस्तारित मन्त्रिमण्डलमा एमालेका चेत नारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    बाँकी ६ जना दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भुमिश्वर ढकाल, र रत्नबहादुर खत्रीले विना विभागीय मन्त्रीका रूपमा शपथ लिने भएका छन् । उनीहरूको बिहीबार साँझ ५ बजे शपथको तयारी भएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ