• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    पक्राउ पुर्जीलगायत विषयमा छलफल गर्न विप्लवले बोलाए केन्द्रीय समिति बैठक

    1.1K
    SHARES



    काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शीर्ष नेताहरूविरूद्ध जारी भएको पक्राउ पुर्जीलगायत विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ ।

    बैठक कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा जारी रहेको विप्लवको सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार शीर्ष नेताविरुद्ध जारी भएको पक्राउ पुर्जी, समाजवादी मोर्चाको भूमिका, पछिल्लो राजनीति अवस्थाबारे गम्भीर समीक्षा हुनेछ । मंसिर १८ गते जिल्ला अदालत काठमाडौँले विप्लवसहितका शीर्ष नेताविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    ‘पक्राउ पुर्जी, पछिल्लो राजनीतिक अवस्था, मोर्चाको भूमिकाबारे समीक्षा गर्न बैठक बोलाइएको हो । सरकारसँग भएको तीन बुँदे समझदारी बमोजिम मुद्दा फिर्ता लिन सरकारसँग हामीले आग्रह गरेका थियौँ । तर कार्यान्वयन भएका छैनन् । यसबारे समीक्षा हुन्छ’, विप्लवका सचिवालयका एक सदस्यले भने ।

    मुद्दा फिर्ता लिने विषयमा नेकपाका शीर्ष नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपाल लगायत नेताहरूसँग भेटेर छलफल गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ