• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    शेयर बजार ३८ अङ्कले बढ्यो, ६ महिनापछि काराेबार रकम ६ अर्ब नाघ्याे

    1.7K
    SHARES



    काठमाण्डाै । शेयर बजार आज साेमवार पनि दोहोरो अङ्कले बढेको छ ।

    पछिल्ला केही दिनदेखि लगातार बढिरहेको शेयर बजार परिसूचक नेप्से आज ३८.१४ अङ्कले बढेर २ हजार ६०.४९ विन्दुमा पुगेको छ ।

    आज जलविद्युत् बाहेक सबै समूहको शेयर बढेको छ । माइक्रोफाइनान्स समूहको शेयरमा हरियाली छाएको छ । आज बोटलर्स नेपाल, सूर्योज्योति लाइफ, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, वीपीडब्ल्यू लघुवित्त, नरुडे लघुवित्त, धौलागिरि लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र हाथवे इन्भेस्टमेन्ट नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन आज हिमालयन पावर पार्टनर कम्पनीको शेयर भने सबैभन्दा धेरै झन्डै आठ प्रतिशतले ओरालो लागेको छ ।

    आज छ महिनायताकै उच्च कारोबार भएको छ । आज दुई करोड १४ लाख कित्ता शेयर छ अर्ब ८६ करोड ८१ लाख रुपैयाँमा कारोबार भएका छन् ।

    गएको असार १० गतेयता छ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको आज पहिलो पटक हो । आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २६ करोड २६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ