• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    शक्तिशाली तुफानमा परेका चारमहिने शिशु जीवितै भेटीएपछि…

    3.2K
    SHARES



    काठमाडौं । अमेरिकाको टेनेसी प्रान्तमा आएको तुफानले उडाएका चारमहिने शिशु जीवितै फेला परेका छन् ।

    बीबीसीका अनुसार ती बच्चाकी आमा २२ वर्षीया सिडनी मुरका अनुसार लर्ड नाम गरेका ती शिशुलाई टोर्नेडो (भुमरीसहितको तुफान)ले कोक्रोसहित उडाएको थियो ।

    उनीहरुको मोबाइल घर (एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्ने सानो घर) लाई पनि तहसनहस पारेको थियो । त्यतिबेला पानी पनि परिरहेको थियो ।

    बच्चाकी आमाले घटना सम्झिँदै भनेकी छन्, ‘बच्चा कोक्रोमा सुतिरहेको थियो । बच्चालाई जोगाउन उसको बुवाले कोक्रो समातेर राखेका थिए । भुमरीले गोलो गरेर घुमाउन थाल्यो र उनीहरुलाई जमिनमा बजार्यो ।’

    मैले हाम्रो अर्को एक वर्षको छोरो प्रिन्स्टनलाई समातेकी थिएँ । मेरो मनले भन्यो दौडिएर बच्चालाई ढाक । म उसको माथि झुकेर ढाकें । त्यहीबेला घरको छत खस्यो । म त्यसमा दबिएँ । मलाई श्वास फेर्न गाह्रो भइरहेको थियो ।’

    तुफान रोकिएपछि उनीहरु घरको भग्नावशेषबाट बाहिर निस्किए । तर चार महिने शिशु थिएनन् । उनीहरुले आफ्नो शिशुलाई खोज्न थाले । त्यतिबेला पानी परिरहेको थियो ।

    तर बच्चा सकुशल भेटिए । शक्तिशाली तुफानले उडाउँदा पनि ‘ईश्वरको कृपा’ले चारमहिने बच्चा सकुशल फेला परेको उनका आमा-बुबाले बताएका छन् ।

    ‘बच्चा जिउँदो देख्न पाउँदैन कि भनेर मलाई डर लागिरहेको थियो । तर ईश्वरको दयाले उनी जीवितै फेला परे,’ मुरले भनेकी छन् ।

    तुफानमा परेर एक वर्षको अर्को एक छोरा सामान्य घाइते छन् । मुरका श्रीमानको हात भाँचिएको छ ।

    अहिले मुरकी बहिनी केटलिनले उनीहरुका लागि ‘गो फण्ड मी’ बाट सहयोग जुटाउन अभियान सुरु गरेकी छन् । गो फण्ड मीले लेखेको छ, चार महिने शिशु लर्ड यस्तो अवस्थामा भेटियो मानौं ईश्वरले नै रुखमा सुरक्षित तरिकालाई बसाइदिएका थिए र देवदूतले त्यहाँसम्म पुर्याएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ