• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

बराबरीमा रोकियो म्यानचेष्टर सिटी

2.3K
SHARES



काठमाडौं । प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटीले दुई गोलको अग्रता जोगाउन नसक्दा क्रिस्टल प्यालेससँग २-२ को बराबरीमा रोकिएको छ ।

सिटीको घरेलु मैदानमा भएको खेलको इन्जुरी टाइममा प्यालेसले पेनाल्टीमा गोल गर्दै नाटकिय रुपमा बराबरी गरेको हो ।

खेलको २४औं मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा रिको लेविसले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

तर यो अग्रता सिटीले जोगाउन सकेन । ७६औं मिनेटमा प्यालेसका जिन फिलिपि माटेटाले गोल गर्दै गोल अन्तरमा कम पारे ।

तैपनि सिटी जित नजिक थियो । तर इन्जुरी टाइमको चौथो मिनेटमा प्यालेसले भिएआरको सहयोगमा पेनाल्टी पायो । फिल फोडेनले माटेटालाई फल गरेपछि प्यालेसले पेनाल्टी पाएको थियो । सुरुमा रेफ्रीले पेनाल्टी दिएपछि भिएआरले पनि पेनाल्टी सदर गर्‍यो ।त्यसमा माइकल ओलिसले कुनै गल्ती नगरी गोल गरे ।

बराबरीपछि सिटीले दोस्रो स्थानमा उक्लने अवसर गुमायो । १६ खेलबाट ३४ अंक जोडेको सिटी चौथो स्थानमै छ ।

क्रिस्टल प्यालेस १७ खेलबाट १७ अंकसहित १५औं स्थानमा छ ।

लिगकै अन्य खेलमा चेल्सीले शेफिल्ड युनाइटेडलाई २-०, न्युकासल युनाइटेडले फुलहमलाई ३-० र एभरटनले बर्नलीललाई २-० ले नै हराएको छ । बर्नमाउथ र लुटोन टाउनले १-१ को बराबरी खेले ।

जितपछि न्युकासल १७ खेलबाट २९ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ । चेल्सी समान खेलबाट २२ अंक जोडेर दशौँ स्थानमा उक्लेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ