काठमाडौं । माओवादी कम्युनिस्ट पार्टी नेपालका संरक्षक तथा १ नं प्रदेश पुनर्नामाङ्कन संघर्ष समितिका राजनीतिक सल्लाहकार गोपाल किरातीलाई अविललम्ब रिहाइ गर्न माग गरेको छ ।
राजनीतिक कार्यक्रम गरेको आरोपमा गिरफ्तार गरी केही दिनदेखि हिरासतमा राखिएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले किरतीलाई विनाशर्त अविलम्ब रिहाई गर्न जोडदार माग गरेको हो ।
पार्टीका प्रवक्ता कञ्चनले एक प्रेस वक्तव्य जारी गर्दै राजनीतिक कार्यक्रममाथि प्रतिबन्ध लगाउने शैलीको सरकारी नीतिको तीव्र विरोध गर्दै गोपाल किरातीलाई विनासर्त अविललम्ब रिहाइका लागि माग गरेका हुन् ।
प्रतिक्रिया