• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा

2.6K
SHARES



काठमाडौं । धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा पुगेको छ ।

बिहीबार भएको खेलमा चितवनलाई १-० गोल अन्तरले हराउँदै धनगढी शीर्ष स्थानमा उक्लेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीलाई जित दिलाउन ओलावाले अफिजले निर्णायक गोल गरे ।

ओलावालले खेलको दोस्रो मिनेटमा गोल गर्दै धनगढीलाई जित दिलाएका हुन् । पहिलो हाफको इन्जुरी समयमा चितवनले बराबरी गर्ने अवसर पाएको थियो ।

तर, चितवनका विमल धर्तीमगरले पेनाल्टी मिस गर्न पुगे । दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसक्दा धनगढीले जित हात पारेको हो ।

जितसँगै धनगढी शीर्ष स्थानमा उक्लिएको छ । धनगढीको ५ खेलबाट ११ अंक छ भने दोस्रो स्थानमा रहेको ललितपुर सिटीको ५ खेलबाटै ९ अंक छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ