• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    जब हजारौँ डोनोटले भरिएको भ्यान चोरी भयो…

    2.2K
    SHARES



    सिड्नी । अष्ट्रेलियामा एक महिलामाथि डोनोट चोरीको आरोप लागेको छ । ती महिलामाथि हजारौँ डोनोट चोरीको आरोप लागेको हो ।

    सिड्नीको उपशहरी क्षेत्रको एउटा पेट्रोल पम्पमा पेट्रोलबाट नोभेम्बर २९ मा १० हजार वटा क्रिस्पी क्रेम डोनोटले भरिएको डेलिभरी भ्यान हरायो ।

    एक हप्तापछि उक्त भ्यान कार पार्कमा भेटियो । तर भ्यानभित्रको डोनोट सबै बिग्रिएर खान नहुने भइसकेका थिए । भ्यान चोरीको मामिलामा प्रहरीहरूले एक २८ वर्षीय युवतीलाई बिहीबार पक्राउ गरेको छ ।

    जमानत नपाउने गरी प्रहरी फन्दामा परेकी महिलामाथि सवारी साधन चोरेको र अयोग्य भएर पनि भ्यान चलाएको आरोप लगाइएको छ ।

    घटना भएको दिनमा स्थानीय समयअनुसार बिहान ४ बजेतिर महिला भ्यान आसपास रहेको पेट्रोल पम्पमा रहेको सीसीटीभी फुटेजले देखाएको छ ।

    केही समयपछि महिला वेवारिसे अवस्थामा रहेको डेलिभरी भ्यानभित्र चढिन र यसलाई लिएर भागिन् । भ्यानभित्र १० हजार ओटा डोनोट थिए भन्ने कुरा उनलाई थाहा भए नभएको भने केहि खुलेको छैन ।

    क्रिस्पी क्रेमले भ्यान चोरी भएको भन्दै प्रहरीमा उजुरी गर्‍यो । चोरिएको १० हजार ओटा डोनोन फेरि ग्राहककहाँ पुर्याउन कम्पनीले काम गरिरहेको जनाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ