• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

एकैदिन तोलामा २८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

4.6K
SHARES



काठमाण्डाै । सुनको भाउ आज एकैदिन तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ । यो हिजोको भाउभन्दा तोलामा दुई हजार ८ सय रुपैयाँले धेरै हो ।

यसअघि गएको १८ गते सोमवार सुनको भाउ तोलामा एक लाख २१ हजार ६ सय रुपैयाँमा पुगेको थियो । त्यसयता भने लगातारजसो घटेको भाउ आज फेरि एकै पटक दुई हजार ८ सय रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ