काठमाडौँ । लामो समयको अन्तराल पछि नेप्से सूचक २ हजार अंकमा उक्लिएको छ ।
खासगरी मौद्रिक नीतिको प्रभाव ४/१२ को सेयर धितो कर्जाको व्यवस्थासँगै १ सय ५० प्रतिशतसम्मको जोखिम भारको व्यवस्थाले खस्किएको बजार पुनः मौद्रिक नीतिको समीक्षाले नै पुनर्जागृत हुन पुगेको हो ।
केन्द्रीय बैंकले गत शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको थियो । मौद्रिक नीतिको समीक्षामार्फत केन्द्रीय बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको यसअघिको जोखिम भारको व्यवस्थामा केही परिमार्जन गर्दै ५० लाख रुपैयाँ माथिको कर्जामा १ सय २५ प्रतिशत मात्र जोखिम भार राखे पुग्ने व्यवस्था गरिदिएको छ । योसँगै उत्साहित भएको बजारले चौथो दिनमा नै १५० अंकमाथिको वृद्धि गर्दै २ हजार अंक माथिको विन्दु चुमेको हो ।
मौद्रिक नीति लगत्तै आइतबार खुलेको बजारमा १ सय ११ अंकको उच्च वृद्धि भएकोमा दोस्रो दिन १५ अंकको करेक्सन भएको थियो । त्यसयता मङ्गलवार पुनः ३६ अंकमाथिले बढेको नेप्से सूचक बुधवार थप २४ अंकले बढ्दै २ हजार ९ अंकमा उक्लिएको छ ।
प्रतिक्रिया