• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized अन्तराष्ट्रिय

    इन्डोनेशियामा डेढ अर्ब डलर लगानी गर्दै टिकटक

    2.5K
    SHARES

    काठमाडौँ। चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकले इन्डोनेशियामा १ अर्ब ५० करोड अमेरिकी डलर लगानी गर्न लागेको छ ।

    कम्पनीले इन्डोनेशियाको अनलाइन कम्पनी गोटू गोजेकको एउटा अनलाइन एकाई टोकोपेडियाको बहुसंख्यक शेयर किन्न सो लगानी गर्न लागेको हो ।

    कम्पनीले इन्डोनेशियाली नियामकहरुले बन्द गरिदिएको आफ्नो अनलाइन व्यवसायलाई फेरिसुरु गर्न खोजिरहेको छ ।

    इन्डोनेशियाले अक्टोबरमा साना व्यापारीहरुको संरक्षण गर्न र प्रयोगकर्ताको डेटालाई जोगाउन भन्दै सामाजिक सञ्जाल मञ्चहरुमा खरिदारीमा बन्देज लगाएको थियो । यसका कारण टिकटकले आफ्नो अनलाइन सेवा टिकटक शप बन्द गर्न बाध्य भएको थियो ।

    यो वर्षको शुरुमा टिकटकले इन्डोनेशिया लगायत केही बजारमा अनलाइन शप सेवा सुरु गरेको थियो । पछिल्लो सम्झौताअनुसार टिकटकले इन्डोनेशियाको सबैभन्दा ठूलो अनलाइन मञ्च गोटूजको टोकोपेडियाको ७५.१ प्रतिशत शेयर ८४ करोड डलरमा किन्नेछ ।

    कम्पनीले लगानीको आकार बढाएर डेढ करोड डलरमा पुर्‍याउने भनिएको छ । हालै सार्वजनिक भएको एउटा रिपोर्ट अनुसार इन्डोनेशियाको अनलाइन बजार यो वर्ष ६२ अर्ब डलरबाट बढेर सन् २०३०सम्ममा १ खर्ब ६० अर्ब डलरमा पुग्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ