• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    ग्लोबल आईएमईकाे सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, ‘स्टक ब्रोकर’ सम्बन्धी सेवा दिने

    1.4K
    SHARES



    काठमाण्डाै । ग्लोबल आईएमई बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको जेबीएनएल सेक्युरिटिज लिमिटेडले आज सोमवारदेखि धितोपत्र कारोबारसम्बन्धी सेवा शुरु गरेको छ ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवम् ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक कार्यक्रमबीच जेबीएनएल सेक्युरिटिज कम्पनीकाे उद्घाटन गरी टीएमएसमार्फत धितोपत्र खरिद सेवाको शुभारम्भ गरेका छन् ।

    सेवाकाे शुभारम्भ गर्दै अध्यक्ष ढकालले संस्थाको पूर्ण व्यावसायिक सफलताको कामना गरेका छन् र धितोपत्र बजारको विकास र विस्तारसँगै देशको आर्थिक गतिविधिमा समेत यो कम्पनीले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताए । त्यसैगरी ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायहरूबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा यो कम्पनी उदाहरणीय हुने बताए ।

    कार्यक्रममा ग्लोबल आईएमई बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कम्पनी सचिव विष्णुप्रसाद बास्कोटा, कम्पनीका सञ्चालकलगायत बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीको उपस्थिति रहेको थियो ।

    नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबारका लागि इजाजत प्राप्त यो कम्पनीको कारोबार गर्ने ठाउँ काठमाण्डाै महानगरपालिका-१० नयाँ बानेश्वर शङ्खमूल मार्ग र नेपाल स्टक एक्सचेन्ज लिमिटेडकाे धितोपत्र दलाल सदस्य नम्बर ८९ रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया