काठमाडौँ। सुन चाँदीको भाउ आज घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख १७ हजार रुपैयाँ तोकेको छ ।
हिजोकोभन्दा ५ सय रुपैयाँले सस्तो भएको छ । हिजो सुनको भाउ तोलामा १ लाख १७ हजार ५ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावले सुनको मूल्यमा पनि धेरै घटबढ भइरहेको महासङ्घले जनाएको छ ।
अघिल्लो हप्ता सोमवार सुनको भाउ अहिलेसम्मकै उच्चभई तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया