• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    जर्मन वैज्ञानिकले बनाए विशेष प्रजातिको गहुँ, वर्षमा ६ पटक काट्‌न सकिने

    6.2K
    SHARES



    बर्लिन । गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा प्रयोग गरिन्छ । यसबाट बिभिन्न परिकार मात्रै नभई सुखा सिजनको मुख्य बालि बनाएर धेरै मानिसाले आफ्नो जिविको पार्जन र व्यावसायीक आम्दानि पनि गरिरहेका छन् ।

    त्यसैले विश्वले अधिकतम गहुँ उत्पादनमा जोड दिइरहेको छ । तर, युक्रेन युद्धको प्रारम्भिक दिनमा रुस-युक्रेनबाट गहुँको निर्यात रोकिए पछि विश्वभर खाद्यान्न संकट उत्पन्न भयो । जसले संसार भर गहुँ खाद्यान्नको अभाव भोग्नु पर्‍यो ।

    जसका कारण अफ्रिकामा मात्र नभई युरोपेली देशहरूमा पनि रोटी पाउन मुस्किल भएको थियो । त्यसोभए विकल्प के छ ? हामी सबैलाई थाहा छ कि गहुँ एक पटक छरिएको छ र यसको बाली ४ महिना पछि मात्र तयार हुन्छ । यो एक वर्षमा धेरै पटक बढ्न सक्दैन ।

    तर जर्मन वैज्ञानिकहरूले वर्षमा ६ पटक काट्न सकिने गहुँको यस्तो प्रजाति उब्जाउँदै छन् । जुन खाधान्न संसारका लागि बम्पर प्रतिफल हुने देखिएको छ ।

    जर्मनको म्युनिख सहरका अन्वेषकहरूले जलवायु कक्षभित्र गहुँ खेतीमा रोचक प्रयोग गरिरहेका छन् । ड्युचे वेलेको समाचार अनुसार विशेष प्रकारको गहुँ तयार गरेका छन्, जसले धेरै छिटो पाक्ने मात्र नभई वर्षमा ६ पटक बाली पनि उत्पादन गर्न सक्छ ।

    वैज्ञानिकका अनुसार गहुँको यो विशेष जात १० हप्ता अर्थात् साढे दुई महिना अघि नै तयार हुनेछ । थप प्रकाशमा उत्पादन पनि उच्च हुनेछ ।

    वैज्ञानिकका अनुसार लागतमा उल्लेख्य कमी आउने छ । तपाईंले एक पटकको लागतमा ६ गुणा फसल प्राप्त गर्न सक्षम हुनेछ । अर्थात् अहिले एक एकरमा २० क्विन्टल गहुँ उत्पादन गर्दै हुनुहुन्छ भने सोही जमिनमा १०० क्विन्टल गहुँ उत्पादन गर्न सकिन्छ । वैज्ञानिकहरूले यसको हरेक पक्षमा नजर राखिरहेका छन् ।

    सामान्य खेतीपातीको तुलनामा पानीको खपत ९५ प्रतिशतले घट्ने गरी यस्तो प्रणाली तयार भइरहेको छ । म्युनिखको प्राविधिक विश्वविद्यालयको डिजिटल कृषिका अध्यक्षले यस परियोजनालाई आर्थिक सहयोग गरिरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया