• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    मेसेन्जरमा अब इन्क्रिप्सन अनिवार्य

    6.4K
    SHARES



    काठमाडौं । मेटाले आफ्नो फेसबुक र मेसेन्जर एपमा इन्ड-टु-इन्ड इन्क्रिप्सनलाई डिफल्ट बनाएको छ ।

    कम्पनीले आफ्नो ब्लग पोस्ट मार्फत गोपनीयता र सुरक्षालाई बढावा दिन इन्क्रिप्सन डिफल्ट गरेको बताएकाे हाे ।

    यससँगै फेसबुक तथा मेसेन्जर प्रयोगकर्ताको च्याट र कलमा स्वत: इन्क्रिप्सन लागू हुने मेटाले बताएको छ । इन्क्रिप्ड मेसेजहरूलाई मेटा अथवा अन्य थर्ड पार्टीले पढ्न नसक्ने कम्पनीले जनाएकाे छ । तर कानून उल्लङ्घन गरेर रिपोर्ट गरिएका मेसेजहरूको हकमा भने यो नियम लागू नहुने बताइएको छ ।

    त्यस्तै मेसेज पाउने र पठाउने व्यक्तिले मात्र हेर्न पाउने भएकाले इन्क्रिप्सनले व्यक्तिलाई आफ्नो कुराकानी सुरक्षा गर्न सहयोग गर्ने कम्पनीकाे भनाइ छ । यद्यपि मेसेजमा स्वत: इन्क्रिप्सन लागू गर्न भने लामो समय लागेकाे कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले स्वीकारेका छन् ।

    यस अगाडि सन् २०१९ मा प्रयाेगकर्ताकाे गोपनीयतामा मेटा गम्भीर भएको बताउँदै जुकरबर्गले इन्क्रिप्सन अनिवार्य गर्ने बताएका थिए ।

    त्यससँगै सन् २०२१ मा इन्स्टाग्राममा परीक्षण गरिएको थियो । तर त्यस अगाडि सन् २०१६ मा नै मेसेन्जरमा भने वैकल्पिक फिचरका रूपमा यसको सुरुवात गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ