काठमाडौँ । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाललाई नियुक्त भएका छन् ।
बैंकको मङ्सिर २० गते आइतबार बसेको संचालक समितिको बैठकले सोहि मिति देखि नै लागु हुने गरि उनलाई सीइओ नियुक्त गरेको हो ।
उनको कार्यकाल ४ वर्षको हुने छ । यस अघि उनी बैंकको कायम मुकायम सीइओ थिए । बैंकमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका ढकाल मङ्सिर ४ देखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।
यस अघि बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका श्री चन्द्र भट्टले राजिनामा दिएपछि बैंकले मङ्सिर ४ देखि लागु हुने गरि ढकाललाई कामु सीइओको जिम्मेवारी दिएको थियो ।
प्रतिक्रिया