• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    युक्रेनमाथि थप आक्रमण बढाउँदै रुस, थप्यो १ लाख ७० हजार सैनिक

    2.1K
    SHARES



    काठमाण्डौ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा १ लाख ७० हजार सैनिक बढाउन सेनालाई निर्देशन दिएका छन् ।

    युक्रेनमाथि आक्रमण बढाइरहेका बेला राष्ट्रपति पुटिनको यस्तो निर्देशन आएको हो । पुटिनको आदेश तत्काल लागू भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

    रुसले सैनिकहरूको सङ्ख्या बढाउँदै जाँदा, यसको सशस्त्र बलको क्षमता १३ लाख २० हजारमा कायम हुन्छ र रूसी सैन्य कर्मचारीहरूको समग्र सङ्ख्या २२ लाख हुन्छ ।

    रुसमाथि बढ्दो खतराका कारण सेनाको सङ्ख्या बढाएको रूसी रक्षा मन्त्रालयले जनाएको छ । रूसका पूर्व राष्ट्रपति तथा सुरक्षा परिषद्का वर्तमान उपाध्यक्ष दिमित्री मेदभेदेवले सन् २०२३ को जनवरी १ तारिखदेखि डिसेम्बर १ तारिखसम्म ४ लाख ५२ हजारभन्दा धेरैलाई करार सेनामा भर्ना गरिएको जानकारी दिए ।

    सन् २०१८ यता रूसले दोस्रो पटक सेना विस्तार गरेको हो । यसअघि सन् २०२२ मा पुटिनले १ लाख ३७ हजार सैनिक बढाउने आदेश दिएक थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ