• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    भूमाफियाले कब्जा गर्न खोजेको गणेश अवालेको जग्गामा क्रान्तिकारी कम्युनिस्ट पार्टीको झण्डा

    2.3K
    SHARES



    काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँको मिनभवनस्थित गणेश अवालेको जग्गा कब्जा गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी काठमाडौँले अवालेको चार रोपनीभन्दा बढी उक्त जग्गा भूमाफियाहरुले षड्यन्त्रपूर्ण तरिकाले कब्जा गरेको भन्दै झण्डा गाढेर नियन्त्रणमा लिएको घोषणा गरेको छ ।

    सो जग्गा जिल्ला संगठन समिति काठमाडौँले व्यानर र झण्डा गाढ्दै किनबेच नगर्न समेत चेतावनी दिएको छ । भूमाफियाहरुले अदालत र प्रशासनसँगको सेटिङमा जग्गा कब्जा गरेको, अवाले परिवारको उठिबास लगाउन लागेको भन्दै जग्गा नियन्त्रणमा लिएको बताएको छ ।

    “भूमाफियाहरु काठमाडौँ महानगर, प्रहरी प्रशासनको आडमा पीडित अवाले परिवारलाई नै उठिबास लगाउन लागेका छन् । महानगरले पनि भूमाफियाकै पक्षमा उभिँदै दुई पटकसम्म घर खाली गर्न पत्राचार समेत गरेको छ । आजको दिनबाट उक्त जग्गा पार्टीको नियन्त्रणमा रहनेछ । यसको छानविन गरेर पीडितलाई न्याय दिलाउन र भूमाफियाको पञ्जाबाट जग्गा फिर्ता ल्याउन पार्टी आफ्नो सम्पूर्ण तागत लगाउनेछ । पार्टीले अन्तिम निर्णय नगर्दासम्म यो जग्गा किनबेच गर्न र अवाले परिवारको उठिबास नलगाउने समेत चेतावनी दिन्छौं” सो क्षेत्रमा छरिएको पर्चामा उल्लेख छ ।

    प्रहरी प्रशासनको आडमा अवाले परिवारको उठिबास लगाउने र जग्गा कब्जा गर्न खोजे त्यसबाट उत्पन्न हुने परिस्थितिको भागिदार स्वयम् हुने समेत क्रान्तिकारी कम्युनिस्ट पार्टीले चेतावनी दिएको छ ।

    भूमाफियाहरुले क्रान्तिकारी कम्युनिष्ट पार्टीकै उच्च तहका केही नेताहरुको समेत आफुलाई सहयोग रहेकाले पार्टीले पनि केही गर्न नसक्ने भन्दै पीडितलाई धम्क्याईरहेको बेला सो पार्टीको काठमाडौँ जिल्ला समितिले आज झण्डा गाढेर उक्त जग्गा पार्टीको कब्जामा लिएको हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ