• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

रोचक-विचित्र

स्वीडेनले बनायो पानीमाथि उड्ने पानी जहाज

7.5K
SHARES



काठमाडौँ। युरोपेली मुलुक स्वीडेनले विश्वमै पहिलोपटक यात्रुबाहक विद्युतीय उड्ने पानी जहाज तयार गरेको छ ।

परीक्षण सफल भएसँगै पानीमाथि उड्ने यो पानीजहाजको व्यवसायिक उत्पादन गरिनेछ ।

स्टकहोम यातायात विभागले यसलाई परिवहनका रुपमा आगामी वर्षदेखि सार्वजनिक सेवा उपलब्ध गराउन अनुमति दिएको छ ।

यो उड्ने पानी जहाजको नाम ‘क्यान्डेला पी १२’ हो । स्वीडिस कम्पनी क्यान्डेला टेक्नोलोजी एबीले यसको निर्माण गरेको हो ।

३९ फिट लामो यो पानी जहाज २ सय ५२ किलोवाट प्रतिघण्टा ऊर्जा दिने ब्याट्रीबाट चल्दछ । यो जहाजमा एक पटकमा अधिकतम ३० जना यात्रु बस्न सक्छन् ।

यो जहाजले पानीमाथि औसत ४६ किलोमिटरको गतिमा यात्रा गर्ने भए पनि यसको अधिकतम गति भने ५६ किलोमिटर प्रतिघण्टा रहेको छ । एकपटक पूरा चार्ज गरेपछि यसले ९२.६० किलोमिटरको दूरी पार गर्न सक्दछ ।

क्यान्डेला कम्पनीका सीईओ गुस्ताव हेसेल्सकोगका अनुसार पानीमा हुने सबै यात्राहरुमा यसले नयाँ परिवर्तन ल्याउनेछ । यात्रुहरु पानीकै माथि जहाजमा उडिरहेका हुनेछन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ