• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विज्ञान-प्रविधि

    गुगल ड्राइभमा समस्या, एकाएक हराए प्रयोगकर्ताका डेटा

    3.6K
    SHARES



    काठमाडौँ। यदि तपाईंको पनि गुगल अकाउन्ट छ र आफ्ना फोटो तथा भिडियोलगायतका सामग्रीहरुको ब्याकअप गुगल ड्राइभमा गर्नुभएको छ भने सतर्क हुनुहोस् ।

    किनकि पछिल्लो पटक गुगल ड्राइभमा गम्भीर समस्या देखिएको छ । जसका कारण गुगल ड्राइभबाट प्रयोगकर्ताका डेटाहरु आफैं डिलिट भैरहेका छन् ।

    विश्वभरका कैयन् प्रयोगकर्ताहरुले सोसल मिडियामा यसबारेमा गुनासो गरिरहेका छन् । गुगलले पनि कुनै बगका कारण यस्तो समस्या देखा परेको स्वीकार गरेको छ ।

    साथै यस बारेमा अनुुसन्धान चलिरहेको पनि गुगलको भनाई छ । साथै यो समस्या समाधानका लागि छिटै नै एक नयाँ अपडेट जारी गर्ने पनि गुगलले जनाएको छ ।

    गुगलले आफ्नो एक विज्ञप्तिमार्फत् केही प्रयोगकर्ताहरुका गुगल ड्राइभका डेटा डिलिट भएको जानकारी प्राप्त भएको जनाएको छ । यो समस्या अधिकतर गुगल ड्राइभका डेस्कटप प्रयोगकर्ताले भोगेका छन् ।

    गुगल ड्राइभमा आफूले संग्रहित गरेका सामाग्रीहरु डिलिट नहोउन् भन्नका लागि तपाईंले तत्कालै त्यहाँ रहेका डेटालाई डाउनलोड गरेर अन्यत्र राख्नुहोस् । यसो गर्नुभयो भने गुगल ड्राइभबाट ती डेटा डिलिट भएपनि तपाईंको कम्प्युटरमा सुरक्षित रहनेछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया