काठमाडौं । स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह ‘एच’अन्तर्गत मंगलबार राति भएको खेलमा एफसी पोर्टोविरुद्ध २-१ को पुनरागमनसहितको जित हात पार्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको हो ।
पछिल्लो तीन सिजनमा बार्सिलोना नकआउट चरणमा पुगेको यो पहिलो पटक हो । सन् २०२०-२१ मा अन्तिम १६ मा पुगेको बार्सिलोनाले त्यसपछिको दुई सिजन समूह चरण पार गर्न सकेको थियो ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा ब्राजिलियन विगंरले पेपेले ३०औं मिनेटमा गोल गर्दै पोर्टलाई पहिले अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकने ।
३२औं मिनेटमा जाओ कान्सेलोले बार्सिलोनाका लागि बराबरी गोल गरे । कान्सेलोकै पासमा जाआओ फेलिक्सले ५७औं मिनेटमा विजयी गोल गरे ।
जितपछि ५ खेलबाट १५ अंक जोडेर बार्लोना समूह एचको शीर्ष स्थानमा रहेको छ । पोर्टो र साख्तर डोनेस्कको समान ९ अंक छ ।
अर्को खेलमा साख्तरले रोएल एन्टवर्पलाई १-० ले हरायो । अब पोर्टो र साख्तरबीच हुने खेलबाट नकआउट चरण पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।
प्रतिक्रिया