• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

केपी ओली कपको सेमिफाइनल समीकरण पूरा

4K
SHARES



काठमाडौं । पोखरामा जारी केपी ओली कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

मंगलबारको खेलपछि बागमती प्रदेश, एपीएफ क्लब, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब अन्तिम चारमा पुगेका छन् ।

समूह ए बाट बागमती, समूह बी बाट एपीएफ, समूह सी बाट मधेश र समूह डीबाट त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका हुन् ।

बागमतीले समूह चरणमा कर्णाली प्रदेशलाई ९० रन र मदन भण्डारी स्पोर्टस एकेडेमी (रातो) लाई १०९ ले पराजित गरेको थियो । समूह चरणको दुबै खेल जितेको मधेशले चार अंक जोडेको थियो ।

समूह बीमा एक खेल जितेको एपीएफ क्लब नेट रनरेटमा अगाडि रहँदै सेमिफाइनल पुगेको हो । एपीएफ पहिलो खेलमा घरेलु टिम गण्डकीसँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा लुम्बिनीलाई ८४ रनले पराजित गरेको थियो । त्यस्तै लुम्बिनीले गण्डकीलाई पराजित गर्दा नेट रनरेटमा एपीएफ अगाडि रह्यो ।

समुह सीमा भने बलियो टिम नेपाल पुलिस क्लब समूह चरणबाटै बाहिरिन पुग्यो । मंगलबार पुलिस सुदूरपश्चिमसँग ४ विकेटले पराजित हुँदा नेट रनरेटका आधारमा मधेश सेमिफाइनलमा पुगेको हो ।

समूह डीबाट त्रिभुवन आर्मी क्लब समूह चरणको दुवै खेल जित्दै सेमिफाइनल पुगेको छ । आर्मीले पहिलो खेलमा मदन भण्डारी स्पोर्टस एकेडेमी (निलो)लाई ११० रनले र दोस्रोमा कोशी प्रदेशलाई ३९ रनले पराजित गरेको हो ।

१४ मंसिरमा हुने सेमिफाइनलमा बागमतीले त्रिभुवन आर्मीसँग र एपीएफले मधेशसँग खेल्नेछन् । फाइनल खेल मंसिर १५ गते हुनेछ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ