• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

रोचक-विचित्र

थोत्रा बसबाट लक्जरी होटल तयार

7K
SHARES



सिंगापुर । सिंगापुरमा बसमा चढ्न एक सिंगापुर डलर मात्रै तिरे पुग्छ । तर एउटा बसमा निदाउन भने ३ सय ९८ सिंगापुर डलर तिर्नुपर्छ ।

यी बस कलेक्टिभका हुन् । जहाँ थोत्रा भएर चलाउन छाडिएका बसहरुको मर्मत सम्भार गरेर यिनलाई लक्जरी होटलका कोठामा परिणत गरिएका छन् ।

सार्वजनिक बस सेवा प्रदायक एसबीसी ट्रान्जिटको २० वटा पुराना बसलाई रेनोभेट गरेर होटलका कोठाको रुपमा चलाउन लागिएको हो । यो होटल डिसेम्बर १ देखि औपचारिक रुपमा खुल्दैछ । होटलको वेबसाइटमा अहिले नै बुकिङ भने गर्न पाइन्छ ।

बस कलेक्टिभ सिंगापुरका छाङ्गी गाउँमा छ । यो होटल करीब ८ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यो होटलमा सात थरीका कोठाहरु छन् । हरेक श्रेणीका कोठा फरक फरक छन् ।

तर सबै हरेक कोठा ४५ वर्ग मिटरका छन् । एउटामा ३ देखि ४ अतिथि अटाउन सक्छन् । केही कोठामा बाथटब र किङ्ग साइजको बेड पनि छन् । अधिकांश भित्री हिस्सा निकालिएको भएपनि स्टेरिङ ह्विल, चालकको सिट र झ्यालहरु भने निकालिएका छैनन् ।

पर्यटन, प्रकृति र वातावरणलाई जोगाउने विषयलाई एकै साथ कसरी लैजान सकिन्छ भनेर यो प्रयोग गरिएको बस कलेक्टिभको अवधारणा अगाडि सारिएको यसका संस्थापक सिंगापुरको ट्राभल एजेन्सी डब्लयूटएिस ट्राभल एन्ड टुर्सलले भनेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ