काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १ लाख १७ हजार रुपैयाँ नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर १ लाख १७ हजार ७ सय रुपैयाँ पुगेको हो ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले नै बढेर १ लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ
प्रतिक्रिया