• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    नेपाल सुपर लिगमा आज चितवन र काठमाडौँ रेजर्स भिड्दै

    1.4K
    SHARES



    काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा आज एक खेल मात्र हुने भएको छ ।

    दशरथ र्रगशालामा हुने खेलमा फुटबल क्लब चितवन र काठमाडौँ रेजर्स क्लबबिच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ५ः३० बजे हुनेछ ।

    यसअघि हिजो भएको खेलमा स्पोर्टिङ इलाम फुटबल क्लबले झापा एएफसीलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको थियो ।

    खेलमा इलामले झापालाई १-० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । विदेशी खेलाडी अमाथ एनडाले गरेको एक गोल इलामका लागि निर्णायक गोल साबित भयो । उनले खेलको ८७औँ मिनेटमा गोल गरेका थिए ।

    त्यसअघि खेलको ८२औँ मिनेटमा इलामले पेनाल्टी पाएको थियो । तर अमाथ पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए । योगेश गुरुङले पेनाल्टी क्षेत्रभित्र भरत खवासलाई लडाएपछि रेफ्री उमेश बिडारीले पेनाल्टी दिएका थिए । तर अमाथको प्रहार पोस्टभन्दा माथिबाट बाहिर गयो ।

    दुई खेल खेलको इलामको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा इलाम काठमाडौँ रेजर्ससँग १-० गोलअन्तरले पराजित भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ