• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रवास

    समानान्तर कमिटीमा नरहेको पुडासैनीको घोषणा

    1.4K
    SHARES

    काठमाडौं । बेलायतका राजेन्द्र पुडासैनीले एनआरएनएको समानान्तर कमिटीमा आफू नरहेको बताएका छन् ।

    आरके शर्मा नेतृत्वको कार्यसमितिको सचिव पदमा पुडासैनीको नाम समेत छ । तर पुडासैनीले आज बिहान विज्ञप्ति जारी गरी आफूसँग सल्लाह नगरी आफ्नो नाम राखिएको भन्दै आपत्ती जनाएका छन् ।

    उनले जारी गरेको विज्ञप्ति लेखिएको छ, ‘मेरो नाम समानान्तर कमिटीमा मसँग सल्लाह नगरी राखिएकोमा मेरो गम्भीर आपत्ती छ । मेरा सम्पूर्ण सहकर्मी साथीहरुसँग म उक्त कमटिीमा नरहेको जानकारी गराउँदछु ।’

    एनआरएनको ११ औं महाधिवेशनमा मतदानमा धाँधली भएको भन्दै विवाद हुँदा सबै प्रकृया रोक्ने सहमति विपरीत बद्री केसी पक्षले सपथग्रहण गरेपछि शर्मा पक्षले समानान्तर कार्यसमिति चयन गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ